सार्वजनिक स्थानमा आगो बाल्नेलाई पाँच हजार जरिवाना

सार्वजनिक स्थानमा आगो बाल्नेलाई पाँच हजार जरिवाना

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा आगो बाल्ने एक संस्थालाई जरिवाना तिराएको छ । 

महानगरपालिकाले वडा नम्बर १४, बल्खुमा रहेको ग्रीन भ्याली साकोसलाई जरिवाना गरेको हो । सो संस्थालाई पाँच हजार रुपैयाँ जरिवाना तिराएर पुनः त्यस्तो कार्य नगर्न सचेत गराइएको महानगरपालिकाले जनाएको छ । 

महानगरपालिकाले खुला रुपमा आगो बाल्न तथा फोहोर जलाउन निषेध गरेको छ । यसअघि नै सूचना जारी गरेर खुला स्थानमा आगो बालेमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही गर्ने चेतावनी दिएको थियो ।

टिप्पणीहरू