एमालेको चियापानमा पुग्नुभयो प्रधानमन्त्री प्रचण्ड

एमालेको चियापानमा पुग्नुभयो प्रधानमन्त्री प्रचण्ड
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेले आयोजना गरेको चियापान समारोहमा सहभागी हुन च्यासल पुग्नुभएको छ ।

एमालेले दशैं, तिहार, नेपाल संवत् र छठ लगायतका पर्वका अवसर पारेर आज पार्टी मुख्यालयमा आयोजना गरेको शुभकामना आदान-प्रदान तथा चियापान समारोहमा प्रधानमन्त्री सहभागी हुनुभएको हो । उहाँ भर्खरै च्यासल पुग्नुभएको बताइएको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि च्यासल पुग्नुभएको छ । चियापान समारोहमा विभिन्न दलका शीर्ष नेतालाई निम्ता गरिएको छ । अन्य नेताहरू भने कार्यक्रममा पुगिसकेका छैनन् ।

आगन्तुक पाहुनालाई एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका नेताहरुले मञ्चमा स्वागत गरेका छन् ।

टिप्पणीहरू