संसद्को चालू अधिवेशन आज मध्यरातिदेखि अन्त्य
सरकारले संसद्को चालू अधिवेशन आज मध्यरातिदेखि अन्त्य गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य तथा आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
टिप्पणीहरू