‘होमवर्क’ नपुगेपछि एकीकृत समाजवादीको बैठक सर्यो
आज डाकिएको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक भोलिका लागि सरेको छ । बैठकअघि गर्नुपर्ने आवश्यक गृहकार्य नपुगेको जनाउँदै बैठक सारिएको हो ।
भोलि बिहान साढे ८ बजे पार्टी मुख्यालय आलोकनगरमा बैठक बस्दै छ । हालै सम्पन्न मेची–महाकाली जागरण अभियानको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशन र सरकारका कामकारबाहीबारे छलफल हुने जनाइएको छ ।
टिप्पणीहरू