कुशल भुर्तेल 'बेस्ट ब्याटर', गुल्शनलाई मोटरसाइकल पुरस्कार
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेल आईसीसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगिताको 'बेस्ट ब्याटर' घोषित भएका छन् ।
घरेलु मैदानमा सम्पन्न प्रतियोगितामा सर्वाधिक रन बनाएका भुर्तेल उत्कृष्ट ब्याटर चुनिएका हुन् । पाँच खेलमा एक अर्धशतकसहित उनले कूल १८५ रन बनाएका थिए ।
त्यस्तै, आजको फाइनलमा अर्धशतकीय इनिङ खेलेका युवा अलराउण्डर गुल्शन झा 'बेस्ट नेपाली प्लेयर अफ दि सिरिज' को उपाधि हात पारे । उनले बजाजको मोटरसाइकल पुरस्कार पाएका छन् ।
प्रतियोगिताको उत्कृष्ट बलर ओमानका बिलाल खान चुनिए । ओमानलाई उपाधि दिलाउने क्रममा बिलालले ११ विकेट लिएका थिए । ओमानकै अलराउन्डर अकिब इल्यास प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । बलिङतर्फ १० विकेट लिएका उनले कूल १०६ रन जोडे ।
टिप्पणीहरू