जाजरकोटमा फेरि भूकम्पको धक्का
अस्ति मध्यरातिको भुइँचालोले ठूलो धनजनको क्षति व्यहोरेको जाजरकोटमा आज फेरि तीनपटक भूकम्पले धक्का दिएको छ । आज बिहान र दिउँसो ४ म्याग्निच्युडमाथिको तीनवटा भूकम्प गएको हो ।
दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.१ र बिहान १ बजेर २२ मिनेटमा ४ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । त्यस्तै, बिहान ४ बजेर ५३ मिनेटमा पनि ३.८ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।
गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पका कारण जाजरकोट र रुकुम–पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।
टिप्पणीहरू