भीरबाट खसेकी सुनकला अस्पतालमा बितिन्

भीरबाट खसेकी सुनकला अस्पतालमा बितिन्

बैतडीमा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।

खर काट्ने क्रममा लडेकी डिलाशैनी गाउँपालिका–१ खुम्ताकी २२ बर्षीया सुनकला बोहराको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

प्रहरीका अनुसार आज बिहान खर काट्न घरदेखि चार किलोमिटर टाढा रहेको जहिलेक जंगलमा गएकी उनी भीरबाट २ सय मिटर तल खसेकी थिइन् । उनका श्रीमान् कमलेश बोहोराले तत्काल उद्धार गरि उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
 

टिप्पणीहरू