गोबरग्यासको ट्याङ्कीभित्र चुरोट सल्काएका राईलाई काठमाडौं ल्याइयो

गोबरग्यासको ट्याङ्कीभित्र चुरोट सल्काएका राईलाई काठमाडौं ल्याइयो
सुन्नुहोस्

गोबरग्यास ट्यांकीभित्र चुरोट सल्काएपछि मकवानपुरमा एक जना जलेर गम्भीर घाइते भएका छन् । प्रज्वलनशील मिथेन ग्यास उत्पादन हुने गोबरग्याँसको ट्यांकीभित्र पसेर चुरोट सल्काउन खोजेपछि हेटौंडा–६, हात्तीलेटका २६ वर्षीय समित राई जलेका हुन् । 

छिमेकीको गोबरग्यास प्लान्टको ट्यांकी सफा गर्न भित्र छिरेका राईले चुरोट सल्काउन खोजेपछि शरीरमा आगो लागेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार घटना आज दिउँसो १ बजेको समयमा भएको हो । 

आगोले राईका विभिन्न अंग जलेका छन । उनको हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको निम्ति काठमाडौंको वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू