बालुवाटार पुगेका एमाले नेता माओवादीमा मिसिए
नेकपा एमाले रसुवाका एक नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जिल्लामा पुरानो कम्युनिष्ट नेताका रुपमा चिनिएका काजिमान वाइवा एमाले छोडेर माओवादी केन्द्रमा मिसिएका हुन् ।
पार्टी प्रवेशका लागि रसुवाका माओवादी नेताहरुसँगै उनी आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वाइवालाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।
माओवादी जनयुद्धकालमा जिल्ला जनसरकार प्रमुखसमेत रहिसकेका उनी एमाले जिल्ला सचिवालय सदस्य थिए ।
रसुवाको कम्युनिष्ट आन्दोलन र बलिदानलाई उच्च सम्मान तथा जिल्लाको विकासमा आफूहरुको प्रतिवद्धतापछि वाइवा पुरानै घर फर्किएको माओवादी केन्द्र रसुवाका इञ्चार्ज इन्द्र गौतम जगतजंगले जानकारी दिए ।
टिप्पणीहरू