प्रधानमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सुझाव : गोदाममा चामल नकुहाउनुहोस्

प्रधानमन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सुझाव : गोदाममा चामल नकुहाउनुहोस्
सुन्नुहोस्

एकद्वार प्रणालीमार्फत् राहत वितरण गर्ने नाममा गोदाममा चामल कुहाउने र पीडितले राहत नपाउने अवस्था सिर्जना हुन नदिन राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

रास्वपाले भूकम्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने नाममा गोदाममा चामल कुहाउने र कसैले राहत प्राप्त गर्ने अवस्था नदोहोरिनेतर्फ सरकारको ध्यानाकर्षण गराएको हो । 

पार्टी उपसभापति डोलप्रसाद अर्याल नेतृत्वको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाउँदै विगतमा भएजस्तै राहतमा प्राप्त चामल गोदममा नकुहाउन र कसैले दोहोरो तेहोरो राहत प्राप्त गर्दै पीडितले राहत पाउँदै नपाउने अवस्था सिर्जना हुन नदिन सचेत गराएको हो । 

राहत सामग्री वितरणमा सडक पहुँच सहज नभएको ठाउँलाई प्राथमिकता दिनुपर्ने, भूकम्प प्रभावितका लागि स्वदेश तथा विदेशबाट, सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्राप्त आवश्यक राहत सामग्रीको वितरण जनतासम्म भएको यकिन गर्न तथा पीडितहरुको उद्धारमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने बताइएको छ । 

त्यस्तै, जाडोयाम सुरु हुन लागेकाले तत्काल भूकम्प प्रभावितहरुको बसोबासका लागि आवश्यक प्रबन्ध गर्न, विगतमा भूकम्प प्रभावितको पुनःस्थापना तथा पुनर्निर्माण कार्यमा भएको ढिलासुस्ती नदोहोप्याउन र विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत विभिन्न सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय विकाय एवम् संघसंस्थालाई प्रभावकारी रुपमा परिचालन गर्न विद्यमान कानूनी तथा नीतिगत व्यवस्थामा रहेका कमीकमजोरीलाई ध्यानमा राखेर समयसापेक्ष सुधार गर्न पनि सुझाव दिइएको छ ।

टिप्पणीहरू