भूकम्पमा ९१ वटा विद्यालय ध्वस्त, १२२ मा आंशिक क्षति

भूकम्पमा ९१ वटा विद्यालय ध्वस्त, १२२ मा आंशिक क्षति

जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा ठूलो जनधनको क्षति भएको छ । जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको ज्यान गएको छ भने १३१ जना घाइते भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । 

भूकम्पमा ७८ जना बालबालिकाको ज्यान गएको छ । २१३ वटा विद्यालय क्षतिग्रस्त भएको बताइएको छ । तीमध्ये ९१ वटा विद्यालय भवन पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने १२२ वटामा आंशिक क्षति  पुगेको छ । 

शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयका अनुसार विद्यालयमा पुगेको क्षतिबाट आठ सयभन्दा बढी कक्षा कोठा भत्किएका छन् । ७८ वटा शौचालय पनि काम नलाग्ने भएको बताइन्छ । 

त्यसैगरी एउटा पुस्तकालय, ११ वटा आईसीटी कक्षा कोठा र चार वटा सोलार सिस्टम ध्वस्त भएका छन् ।

टिप्पणीहरू