माधव नेपालसँगै काँग्रेस नेता उत्तर प्रस्थान, पशुपति समशेरको दक्षिणबाट आगमन

माधव नेपालसँगै काँग्रेस नेता उत्तर प्रस्थान, पशुपति समशेरको दक्षिणबाट आगमन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल साताव्यापी चीन भ्रमणमा जानुभएको छ । उहाँ साँझ पौने ६ बजे काठमाडौंबाट चीनको युन्नान प्रान्तको खुनमिङ जानुभएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष नेपाल चाइना इस्टर्न नेपालको उडान नम्बर एमयु ९६१८ मा त्यसतर्फ जानुभएको हो ।

टोलीमा श्रीमती गायत्रीसँगै कृषिमन्त्री बेदुराम भुसाल, नेताहरु विद्या  चाम्लिङ, सुधिर साह, विष्णु महतो, शर्मिला पौडेल, अब्दुल हुसेन खान, लोकबहादुर हमाल, गणेश विक, मोहन गौतम, हर्कबहादुर सिंह, विष्णु लम्साल, समशेर लामा र प्रकाश ढकाल रहेको बताइएको छ ।

सोही उडानमा नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री राजन के.सी. पनि चीन गएका छन् । चीन जाने टोलीलाई बिदाई गर्न पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, चिनियाँ राजदूत छेन सोङलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

आजै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा माननीय पशुपति समशेर राणा नयाँ दिल्लीबाट फर्कनुभएको छ । उहाँ भिस्तारा एयरको उडानमा साँझ पौने ५ बजे आइपुग्नुभएको हो ।

टिप्पणीहरू