हङकङमा महिला टोलीको लगातार दोस्रो हार

हङकङमा महिला टोलीको लगातार दोस्रो हार

चार देश सम्मिलित टी–२० सिरिजमा नेपाल आज पनि पराजित भएको छ । पहिलो खेलमा तान्जानियासँग स्तब्ध नेपाललाई आज घरेलु टोली हङकङले सहजै हराएको हो ।

नेपालले दिएको ५७ रनको झिनो लक्ष्य हङकङले मात्र ९ ओभरमा १ विकेट गुमाएर भेट्टायो । उसका लागि नताशा माइल्सले अविजित ३० रन बनाइन् भने शान्जीन शहजादले अविजित २० रन जोडिन् । 

लगातार दोस्रो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ भने एक खेल अगावै हङकङ र तान्जानिया फाइनलमा पुगेका छन् । 

नेपालले समूह चरणको अन्तिम खेल जापानसँग खेल्नेछ ।
 

टिप्पणीहरू