लोकन्थलीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लोकन्थलीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुरको लोकन्थलीमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको निधन भएको छ । साँझ भएको दुर्घटनामा सिन्धुपाल्चोकको ठूलो सिरुबारी घर भइ हाल बालकोट बस्दै आएका ४१  वर्षीय हरिशरण पुरीको ज्यान गएको बताइएको छ ।

आज साँझ साढे ६ बजेको समयमा काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको इन्धन बोकेको ना.७ ख नम्बरको ट्याङ्करले सोही दिशातर्फ गइरहेको बा.७२ प २१६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्याङ्करले पैदलयात्रीलाई जोगाउन खोज्दा मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ ।

ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक पुरीलाई प्रहरीले नजिकैको मध्यपुर थिमी अस्पतालमा पुर्याए पनि पौने ८ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीले ट्याङ्कर चालक सिन्धुपाल्चोक बलेफीका ४५ वर्षे कोतुलबहादुर माझीलाई नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू