उर्लाबारीका घाइते भेट्न केपी ओली कीर्तिपुरमा

उर्लाबारीका घाइते भेट्न केपी ओली कीर्तिपुरमा

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मोरङको उर्लाबारी आगलागी घटनाका घाइतेसँग भेट गर्नुभएको छ । 

आज दिउँसो  कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर उहाँले घाइतेको अवस्थाबारे जानकारी लिनुभएको हो । ओली घाइतेको अवस्था बुझ्न र थप उपचारका लागि सहजीकरण गरिदिन त्यहाँ गएको बताइएको छ ।  

कात्तिक २६ गते मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीस्थित दिपक कार्कीको घरमा लागेको आगो निभाउने क्रममा प्रहरी र स्थानीय गरि दुई दर्जन घाइते भएका थिए । उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमा राखेर भोलिपल्ट थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।

टिप्पणीहरू