काँग्रेसमा सहकारीको जिम्मा कँडेललाई
नेपाली कांग्रेसले सहकारी विभागको प्रमुखमा पुर्वमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई मनोनित गरेको छ ।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१)(ग) बमोजिम कँडेललाई सहकारी विभागको प्रमुखमा मनोनयन गर्नुभएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएका छन् ।
‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१)(ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य श्री देवेन्द्रराज कँडेललाई सहकारी विभागको प्रमुखमा मनोनयन गर्नुभएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू