विश्वकप जित्न अस्ट्रेलियालाई २४१ रनको लक्ष्य

विश्वकप जित्न अस्ट्रेलियालाई २४१ रनको लक्ष्य

विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाले जितका लागि २४१ रनको लक्ष्य पाएको छ ।

अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको भारत ५० ओभरमा २४० रन बनाएर अलआउट भएपछि अस्ट्रेलियाले जितका लागि मध्यम लक्ष्य पाएको हो । 

पावरप्ले ओभरमा महत्वपूर्ण ३ विकेट गुमाएर दबाबमा परेको भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतकीय पाली खेले । उनीहरुले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए ।

 

निकै सुस्त गतिमा खेलेका राहुलले १०७ बलमा ६६ रन बनाए भने कोहलीले ५४ रन जोडे । कप्तान रोहित शर्मा ४७ रन बनाउँदा अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

 

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ विकेट लिए । त्यस्तै, जोस हाजलवुड र कप्तान पात कुमिन्सले २-२ तथा ग्लेन म्यक्स्वेल र अदम जम्पाले १-१ विकेट लिए । अस्ट्रलियाले १ विकेट रनआउटका रुपमा प्राप्त गर्यो । ५० औं ओभरको अन्तिम बलमा भारतका कुलदिप यादव रनआउट भएका थिए ।  

भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । विजेता टोलीले विश्वकपको उपाधि उचाल्दा पराजित टिम दोस्रो स्थानमा रहनेछ ।

टिप्पणीहरू