दुर्गा प्रसाईंको आन्दोलनप्रति केपी शर्मासहितका राजवादीहरुको ऐक्यबद्धता

दुर्गा प्रसाईंको आन्दोलनप्रति केपी शर्मासहितका राजवादीहरुको ऐक्यबद्धता

दुर्गा प्रसाईं नेतृत्वको ’नागरिक बचाउ अभियान’ ले आगामी बिहीबार काठमाडौँमा गर्न लागेको आन्दोलनप्रति शाही युवा शक्ति नेपालले पूर्ण ऐक्यबद्धता जनाएको छ । 

आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर राजा फर्काउने अभियानमा रहेको आफ्नो संगठनले आन्दोलनमा समर्थन जनाउने घोषणा गरेको हो । संगठनका अध्यक्ष पशुपति खड्काले मंसिर ७ गतेको आन्दोलनले गणतन्त्र ढालेर राजालाई गद्दीमा फर्काउने जिकिरसमेत गरेका छन् । 

नेकपा एमालेलाई राजावादी पार्टीको संज्ञा दिएका उनले अब प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेक सबै राजतन्त्रको पक्षमा उभिने दाबी गरे । 

पत्रकार सम्मेलनमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, पूर्वडिएसपी केपी शर्मा, ‘नेपालका लागि नेपाली’ अभियानका महामन्त्री दिपक महाराजलगायतले प्रसाईंको आन्दोलनमा आफूहरुको साथ र समर्थन रहने बताएका छन् ।

टिप्पणीहरू