हात्तीको आक्रमणबाट वृद्ध भुटानी शरणार्थीको मृत्यु, पक्की घर ध्वस्त
झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जना वृद्धको ज्यान गएको छ । दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको बताइएको छ ।
दाउरा खोज्न गएका राईलाई हात्तीले स्थानीय हम्सेदुम्से सामुदायिक वनमा आक्रमण गरेको थियो । उनी शिविरको सेक्टर नम्बर २ को २५२ नम्बरको छाप्रोमा बस्दै आएका थिए ।
झापाकै मेचीनगर नगरपालिका–११ मा जंगली हात्तीले पक्की घर भत्काएको छ । विशाल दाहालको एकतले पक्की घर भत्काएर हात्तीले भित्र रहेको झण्डै पाँच सय किलोग्राम धान र दुई सय किलोग्राम चामल खाएको बताइएको छ ।
टिप्पणीहरू