एक दशकपछि प्रधानमन्त्री कार्यालय पुरानै ठाउँमा, ४२ करोड खर्च

एक दशकपछि प्रधानमन्त्री कार्यालय पुरानै ठाउँमा, ४२ करोड खर्च

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुरानै भवनमा सरेको छ । सिंहदरबारको मुख्य भवनमा रहेको उक्त कार्यालय २०७२ सालको भूकम्पपछि अन्यत्र सारिएको थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहालले आज उद्घाटनपछि उक्त कार्यालयबाट कार्य शुभारम्भ गर्नुभएको हो । सिंहदरबारको मुख्य भवनको पश्चिमतर्फको प्रवलीकरण (रेट्रो फिटिङ) गरिएको भागमा प्रधानमन्त्रीको नयाँ कार्यालय बनाइएको छ ।

 

सिंहदरबारको मुख्य भवन प्रवलीकरणमा पहिलो चरणअन्तर्गत ४२ करोड खर्च भएको छ । उक्त भवनमा भित्री भागको सजावटमा थप केही करोड खर्च हुने बताइएको छ ।


 

टिप्पणीहरू