न्यायाधीशविरुद्ध उजुरी आह्वान, राजदूतविरुद्धको उजुरी खाेलियाे
संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ ।
सिंहदरबारस्थित संसद सचिवालयमा रहेको कानुन, न्याय तथा मानवअधिकार समितिको सभाहलमा समितिका जेष्ठ सदस्य पशुपति शमशेर जबराको सभापतित्वमा आज मध्यान्ह बसेको बैठकले प्रस्तावित न्यायाधीशहरुको संसदीय सुनुवाई प्रक्रिया अघि बढाउने र त्यसका लागि उजुरी आह्वान गर्न निर्णय गरेको हो । गत मंगलबारको न्यायपरिषद बैठकले छ जनालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
सुनुवाई समितिको आजैको बैठकले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध पनि उजुरी मागेको छ । मंगलबारकै क्याबिनेट बैठकबाट राजदूत सिफारिस भएका शनिल नेपालविरुद्ध १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको हो ।
त्यस्तै, क्यानाडाको निम्ति प्रस्तावित राजदूत भरतराज पौडेल उपर प्राप्त उजुरी खोली वितरण गर्ने पनि सुनुवाई समितिको निर्णय छ । कात्तिक १५ गतेको समिति बैठकले १० दिनको समय दिएर उनीविरुद्ध उजुरी मागेको थियो ।
टिप्पणीहरू