रजत पदक विजेता खेलाडीले गरे विवाह समारोहमा दुलहीसहित चारको हत्या

रजत पदक विजेता खेलाडीले गरे विवाह समारोहमा दुलहीसहित चारको हत्या
सुन्नुहोस्

थाइल्याण्डमा एक खेलाडीले दुलहीसहित चार जनाको हत्या गरेका छन् । पौडीको पारा एसियाली खेलकुदमा रजत पदक विजेता २९ वर्षे चतुरोङ सुक्सुकले विवाह भोजमा नवविवाहित दुलही, सासु, साली र एक जना पाहुनामाथि गोली वर्षाएको बताइन्छ । 

त्यसपछि आफैंलाई गोली प्रहार गरेर आत्महत्या गरेका हुन् । विवाह समारोहमा उनीहरुबीच निजी मामिलामा बहस भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । बहस बढ्दै गएपछि दुलाहा बाहिर निस्केर आफ्नो कारमा भएको बन्दुक लिएर पार्टीस्थलमा आएका थिए । 

उनले इन्डोनेसिया र कम्बोडियामा सन् २०२२ मा भएको आसियान पारा खेलकुद प्रतियोगितामा दुई रजत पदक जितेका थिए ।

उनी थाई सेनाका रेन्जर रहेको र सीमामा गस्ती गर्ने क्रममा उनले आफ्नो दाहिने खुट्टा गुमाएको स्थानीय मिडियाले बताएका छन् ।

टिप्पणीहरू