गुह्येश्वरी र तलेजु भवानी एकै ठाउँमा (फाेटाे फिचर)

गुह्येश्वरी र तलेजु भवानी एकै ठाउँमा (फाेटाे फिचर)
सुन्नुहोस्

हनुमानढोकास्थित तलेजु मन्दिरमा रहेकी तलेजु भवानीलाई हिजो भक्तजनहरुले धुमधामको जात्रा मनाउँदे गुह्येश्वरी मन्दिर पुर्याएका थिए । आज गुह्येश्वरी र तलेजु भवानी दुबैको एकाकार शक्तिस्वरुपा आदिशक्तीको दर्शन र जात्रा मनाइएको छ ।

कछलागा नवमी र दशमी तिथि (मंसिर कृष्णपक्ष नवमी र दशमीका दिन हिजो र आज) मा तान्त्रिक विधिबमोजिम शक्तिपूजा गरिएको छ । योसँगै आज खटजात्रा गरिएको हो । उक्त दिव्य दर्शन गर्न भक्तजनहरुको घुईंचो लागेको थियो ।

फोटो स्रोत : शिवराज श्रेष्ठको फेसबुक पेज ।

टिप्पणीहरू