नेपाली सेनामा भर्ना खुल्यो
नेपाली सेनालाई प्राविधिक समूहअन्तर्गतको जनशक्ति आवश्यकता रहेको जनाएको छ । सेनाको भर्ना छनौट निर्देशनालयले ८८ जना आवश्यकता रहेको विज्ञापन प्रकाशित गरेको छ ।
प्राड÷प्राविधिक÷विविध सेवातर्फका अधिकृत पदहरुमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुकलाई दरखास्तको निम्ति आह्वान गरिएको छ ।
विज्ञापनमा प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक उपचारिका, डेण्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट, मेकानिकल÷ अटोमोबाइल÷ इलेक्ट्रोनिक्स÷ सिभिल÷कम्प्युटर इन्जिनियर, समाचार सम्पादक, फोटोग्राफर, अर्केष्ट्रा, लाइब्रेरियन र लेखा उपसेनानी माग गरिएको छ ।
आजदेखि पुस २१ गतेसम्म दरखास्त पेश गर्न सकिन्छ भने दोब्बर दस्तुर तिर्नेलाई पुस २८ गतेसम्मको म्याद छ ।
टिप्पणीहरू