सुमार्गीलाई सेक्ने अन्तिम सुर

सुमार्गीलाई सेक्ने अन्तिम सुर
सुन्नुहोस्

संदिग्ध आर्थिक कारोबारमा संलग्न व्यापारी अजेयराज सुमार्गीविरुद्ध सम्पत्ति शुद्धिकरणले मुद्दा अगाडि बढाउने भएको छ ।

माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको सघन सम्बन्धको आडमा कुस्त रकम कमाएका उनी पछिल्लो समय आर्थिक व्यवस्थापनको तनावबीच गुज्रिँदै आएका थिए । शुरुमा लाजिम्पाटको घर सुम्पिएका उनको तीन वर्षयता प्रचण्डसँग सम्बन्ध बिग्रिएको छ ।

आर्थिक मामिलामा दुःख पाउन थालेपछि विभिन्न देश घुम्दैफिर्दै आउने र नेपालमा पनि ध्यान, जप गर्नमा समय बित्दै थियो । अहिले सम्पत्ति शुद्धिकरणले उनीविरुद्ध जोधार इन्भेष्टमेण्टबाट ल्याएको करिब ९ अर्ब रुपैयाँको मुद्दा अगाडि बढाउने सुरसार गरेको बुझिएको छ ।

त्यसका लागि म्याद टाँसिसकिएको र बयान लिइसकिएको छ । सम्पत्ति शुद्धिकरणसहित राजस्व अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई ओली कार्यकालमा प्रधानमन्त्री कार्यालय मातहत लगिएको थियो ।

यस्ता निकाय सीधै प्रधानमन्त्रीमातहत रहने भएपछि शक्तिशाली निकायका रुपमा तिनले काम गर्ने, दुःख दिनुपर्ने र उन्मुक्ति दिनुपर्नेहरुलाई त्यहींबाट ‘उपचार’ गर्न सजिलो हुन थालेको छ । जबकि, सुमार्गीको भन्दा गम्भीर सम्पत्ति शुद्धिकरणसम्बन्धी उजुरी परेका विनोद चौधरी जोगिँदै आएका छन् । 
 

टिप्पणीहरू