एक करोडमा थुनामुक्त गराइदिने ‘डिल’

एक करोडमा थुनामुक्त गराइदिने ‘डिल’

हाल जेलमा रहेका एक जनाको मुद्दा मिलाइदिने र उनलाई थुनामुक्त गराइदिने  प्रलोभनमा झण्डै एक करोड ठगी गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको नागार्जुन नगरपालिका–१, रानीवन बस्दै आएका भोजपुरका २६ वर्षीय रितु राई र बर्दियाका २१ वर्षीय निरेश चौधरीले झण्डै एक करोडको डिल गरेको बताइएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । राई र चौधरीले अपराधिक विश्वासघात र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सुर्खेतका रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराइदिने आश्वासन दिएका थिए ।

सोही आश्वासनमा उनको परिवारबाट पटकपटक गरेर ९९ लाख ९५ हजार रुपैयाँ ठगेको प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ परेका दुवैजनाविरुद्ध अपराधिक विश्वासघात तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको बताइएको छ ।

थुनामा रहेका आफन्तलाई छुटाउन मोटो रकम दिएको भनिएका परिवारका सदस्यमाथि पनि अनुसन्धान र छानबिन भइरहेको ब्यूरोले जनाएको छ ।

टिप्पणीहरू