क्रिश्चियन धर्मगुरु तथा नेता किर्ते काण्डमा पक्राउ

क्रिश्चियन धर्मगुरु तथा नेता किर्ते काण्डमा पक्राउ
सुन्नुहोस्

क्रिश्चियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराज किर्ते काण्डमा समातिएका छन् । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा उनलाई प्रहरीले आज पक्रेको हो ।  

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा छानबिन गर्न गहतराजलाई सिंहदरबार क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । क्रिश्चियन धर्मप्रचारक उनले ‘महानअभियान’ नामको पत्रिका जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गर्दा स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको उजुरी परेको थियो ।

यस सम्बन्धमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उनको प्रमाणपत्र नक्कली पुष्टि गरेको बताइएको छ ।

टिप्पणीहरू