७३ वर्षे वृद्धद्वारा ९ वर्षीया बालिका बलात्कृत

७३ वर्षे वृद्धद्वारा ९ वर्षीया बालिका बलात्कृत

तनहुँमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा शुक्लागण्डकी नगरपालिका–७, सेराडी बस्ने ७३ वर्षीय रनबहादुर सारु समातिएका हुन् । 

उनले ती बालिकालाई आफ्नै घरको कोठामा लगेर विभिन्न प्रलोभनमा ललाईफकाई करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय, बेलचौताराबाट खटिएको टोलीले उनलाई हिजो दिउँसो नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू