छिमेकीको टाउकोमा रडले हानेर भागेका तेज बहादुर घरमै भेटिए

छिमेकीको टाउकोमा रडले हानेर भागेका तेज बहादुर घरमै भेटिए

बैतडीमा व्यक्ति हत्याको अभियोग लागेका एकजना समातिएका छन् । सुर्नया गाउँपालिका-३ बिजुलका ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर चन्दलाई  प्रहरीले पक्राउ गरेको हो । 

चन्दले फलामको रडले टाउकोमा प्रहार गर्दा हरिनाको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडी, ईलाका प्रहरी कार्यालय पाटन र अस्थायी प्रहरी पोष्ट सतबाँजबाट प्रहरी टोली त्यता पुगेको थियो । प्रहरीले चन्दलाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जानकारी दिएको छ । 

 यस घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान  भैरहेको र थप कुरा पछि थाहा हुने प्रहरीले जनाएको छ ।

टिप्पणीहरू