एमालेमा फेरि तलैबाट पेलपाल शुरु

एमालेमा फेरि तलैबाट पेलपाल शुरु

एमालेको मुगु जिल्ला अधिवेशनमा भएको पेलपालविरुद्ध विस्तारै कार्यकर्ताले असन्तुष्टि व्यक्त गर्न थालेका छन् । भर्खरै सम्पन्न अधिवेशनमा पूर्णप्रसाद रोकायलाई अध्यक्ष मण्डलमा रहेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री मोहन बानियाँ र गुलावजंग शाहले अध्यक्ष घोषणा गरेको स्रोतको दाबी छ ।

अध्यक्ष बनाइएका रोकाय मुगु जिल्ला समन्वय समितिका पूर्वप्रमुख पनि हुन् । रारा छाँयानाथ नगरपालिकाको मेयरका प्रत्यासी डम्बर रावलले पनि अध्यक्ष पदमा दावा पेश गरेका थिए ।

तर, नेता बानियाँ र शाहले सर्वसम्मत हुने भन्दै रोकायलाई एकलौटी अध्यक्ष घोषणा गरेको आरोप छ । नेता बानियाँविरुद्ध बलात्कार र चेक अनादरजस्तो गम्भीर विषयमा मुद्दा चलिरहेको छ भने नेता शाहविरुद्ध पनि यौनजन्य व्यवहार गरेको भन्दै मुद्दा परेकै छ ।

स्रोतका अनुसार अधिवेशनमा भाग लिन आएका करिब ३५० प्रतिनिधिमध्ये २७४ जनाले रावलको पथमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर भएको सोही चिर्कटो बोकेर रावल अचेल कार्यकर्तामाझ घुम्ने गरेका छन् । आफुखुशी घोषणा गर्नु नै थियो भने अधिवेशनको नाटक किन गरेको भनी प्रश्न त्यस बेलै उठाइएको थियो ।

रावल प्राध्यापन कर्म छाडेर एमालेको मुगु राजनीतिमा होमिएका हुन् । तर, अहिले रोकायलाई एमालेका विद्रोही नेता भीम रावल र उनी पक्षधरले आफ्नो बताउन थालेपछि धर्मसंकट शुरु भएको बताइन्छ ।
 

टिप्पणीहरू