अस्तव्यस्त राजधानीका सडक (फोटोफिचर)

अस्तव्यस्त राजधानीका सडक (फोटोफिचर)
सुन्नुहोस्

सडक विकासको मेरुदण्ड हो । पूर्वाधार विकासमा सडकको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ । तर, देशको संघीय राजधानी काठमाडौँकै सडकको अवस्था भने दयनीय छ । 

सरोकारवाला निकायको बेवास्ताका कारण दैनिक हजारौँको संख्यामा सवारी साधन गुड्ने राजधानीका सडकको अवस्था दयनीय बनेको हो । यहाँका सडकमा जताततै खाल्डाखुल्डी बनेको छ । 

ढल, खानेपानी र बिजुलीको भूमिगत तार व्यवस्थापनका लागि सडक खन्ने क्रम जारी छ । काम भइसकेपनि सरोकारवाला निकायले मर्मतमा ध्यान दिएको देखिंदैन।यता, ढलका पाइपहरु सडकको बीचमा तेर्साएर राखेको अवस्था छ । जसका कारण आमसर्वसाधारणले सास्ती खेप्नुपरेको छ । 

जेब्राक्रम, सडक लेन मेटिँदै गएका छन् । जेब्राक्रस नहुँदा पैदलयात्रीलाई बाटो काट्न निकै समस्या हुने गरेको छ । भूमिगत बिजुलीका हेडबक्सहरु पैदलयात्रीका निम्ति तगारो बनेको छ । 

फुटपाथमा राखिएको हेडबक्सले गर्दा पैदलयात्रीलाई हिँड्डुल गर्न अप्ठेरो परेको छ । अर्कोतिर, दिनप्रतिदिन बढ्दै गएको सवारी साधनको चापले ट्राफिक व्यवस्थापनमा चुनौती उत्तिकै छ । सवारीबाट हुने प्रदूषणले मानवीय स्वास्थ्यमा पारेको प्रतिकूल असर पनि उस्तै छ ।

 

टिप्पणीहरू