पूजा गर्न जाँदा माटोको ढिस्कोले पुरिएर पर्शुरामको प्रणान्त

पूजा गर्न जाँदा माटोको ढिस्कोले पुरिएर पर्शुरामको प्रणान्त

माटोको ढिस्कोले पुरिएर एक जनाको ज्यान गएको छ । पूजा गर्नका लागि नदीको किनारामा माटो खन्ने क्रममा ढिस्कोले पुरेर सप्तरीका ४२ वर्षीय पर्शुराम यादवको मृत्यु भएको हो । 

अग्निसाईर कृष्णसावरण गाउँपालिका–४ बनौली टोल बस्ने यादवलाई ढिस्कोले पुरेपछि तुरुन्त छिन्नमस्ता अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा आज दिँउसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

टिप्पणीहरू