आज दिउँसोको दशरथ रंगशाला (फोटो फिचर)

आज दिउँसोको दशरथ रंगशाला (फोटो फिचर)
सुन्नुहोस्

त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोह राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख उपस्थितिमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको हो । 

यो वर्ष विभिन्न संकाय र तहका १२ हजार ४१५ विद्यार्थी दीक्षित भएका छन् । २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उतीर्ण विद्यार्थीहरु समारोहमा सहभागी थिए । त्यस अवसरमा विद्यार्थीहरुलाई विभिन्न पदक र पुरस्कारसमेत वितरण गरिएको थियो ।

टिप्पणीहरू