को को छन् पिएम कपको महिला क्रिकेट टोलीमा ?

को को छन् पिएम कपको महिला क्रिकेट टोलीमा ?
सुन्नुहोस्

नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप खेल्ने महिला क्रिकेट टोली घोषणा गरेको छ । पुस ५ गतेदेखि शुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट टुर्नामेन्टका लागि विभिन्न प्रदेशबाट टोली छनौट गरिएको हो । 

अश्मिनी कर्माचार्यको कप्तानीमा बागमती प्रदेशमा १४ सदस्यीय टोलीको नाम सार्वजनिक गरिएको छ । टोलीमा सलिना सिलवाल, सोनी पाख्रिन, सबिनाकुमारी यादव, कञ्चन श्रेष्ठ, यशोदा विष्ट, खुशी डंगोल, विपिशा शाही, हेलिशा गुरुङ्ग, अस्मिता खरेल, करिश्मा गुरुङ्ग, यशु पाण्डे, संस्कृति फुँयाल र मनिसा उपाध्याय छन् । 

त्यस्तै, कर्णाली प्रदेशमा किरणकुमारी कुँवरको कप्तानीमा टोली घोषणा भएको छ । अञ्जु गुरुङ्ग, बिना थापा, तिर्शना विश्वकर्मा, एञ्जिला थापा, रमा बुढाथोकी, यमुना थापा, निकिता धमला, निलम शाही, विमला बुढाथोकी, श्रुती बुढा, राक्सी खड्का, गौरी बोहोरा र करिश्मा शाही टोलीमा छन् । 

कबिता गौतमको कप्तानीमा मधेश प्रदेशबाट छनौट भएको टोलीमा अनुराधा चौधरी, अलिसा यादव, प्रतिमा शाह, सना प्रबिन, सबनम खातुन, मिना महतो, पूजा महतो, साक्क्षी यादव, रोजी कडारी, भूमि सिंह, आरती महतो, सरस्वती चौधरी र चाँदनी खातुन परेका छन् । 

लुम्बिनी प्रदेशमा सरस्वती जिएमको कप्तानी रहनेछ । टोलीमा क्रितिका मरासैनी, लक्ष्मी चौधरी, मधु डिसी, सर्मिला रोक्का, कमला जिएम, सुस्मिता भुसाल, आश्मा पुलामी, कृति अधिकारी, रञ्जु श्रेष्ठ, सुस्मिता बजगाईं, चमेली चौधरी, मनिसा राना र सरस्वती पुन रहेका छन् । 

प्रधानमन्त्री कप डिसेम्बर २१ देखि जनवरी ३ सम्म मूलपानी र त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगितामा सात प्रदेश र एपीएफ गरी आठ टोली सहभागी हुने बताइएको छ । क्यानले अन्य प्रदेश र एपीएफबाट खेल्ने टोलीको नाम सार्वजनिक गरेको छैन ।
 

टिप्पणीहरू