अष्ट्रेलियाका कप्तान आइपीएलमा हालसम्मकै महंगा

अष्ट्रेलियाका कप्तान आइपीएलमा हालसम्मकै महंगा
सुन्नुहोस्

यसपटकको एकदिवसीय विश्वकप विजेता अष्ट्रेलिया क्रिकेट टोलीका कप्तान पाट कमिन्सले इण्डियन प्रिमियर लिग (आईपीएल) खेलाडी अक्सनमा नयाँ कीर्तिमान बनाएका छन् ।

दुबईमा जारी आईपीएलको खेलाडी अक्सनमा कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाख भारु अर्थात् ३२ करोड ८० लाख नेपाली रुपैयाँमा किनेको हो । यो आईपीएलको इतिहासमा कुनैपनि खेलाडीका लागि तिरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो रकम हो ।

यसअघि सन् २०२३ को अक्सनमा इङल्याण्डका साम कुरानलाई पञ्जाव किंग्सले १८ करोड ५० लाख भारुमा किनेको थियो । आइपीएलको सोही संस्करणमा अस्ट्रेलियाका क्यामरुन ग्रीनलाई मुम्बई इण्डियन्सले १७ करोड ५० लाख र चेन्नई सुपर किंग्सले इङल्याण्डका अलराउण्डर बेन स्टोकलाई १६.२५ करोडमा किनेको थियो ।

यसपटक न्यूजील्याण्डका युवा अलराउन्डर रचिन रविन्द्रलाई चेन्नई सुपर किंग्सले एक करोड ८० लाख भारुमा किनेको छ । त्यस्तै, चेन्नईले भारतीय बलर श्रदुल ठाकुरलाई ४ करोडमा किनेको छ भने अफगानिस्तानका अजमातुल्लाह ओमरजाईलाई गुजरात टाइटन्सले ५० लाख भारु तिरेको छ ।  

त्यसैगरी, सनराइजर्स हैदरावादले श्रीलंकाका वानिन्दु हसरंगालाई १.५ करोड भारु र विश्वकपमा शानदार प्रदर्शन गरेर अस्ट्रेलियालाई विश्वकप जिताएका ट्राभिस हेडलाई ६.८ करोड भारुमा किनेको छ ।

इङल्याण्डका विस्फोटक ब्याट्सम्यान ह्यारी ब्रुकलाई दिल्ली क्यापिटल्सले ४ करोड भारुमा किनेको छ भने वेस्टइन्डिजका रोभमन पावेललाई ५.४ करोडमा राजस्थान रोयल्समा आवद्ध हुने भएका छन् । 

आइपीएलको यो संस्करणमा केही नेपाली खेलाडीले पनि नाम समावेश गरेका थिए । तर, कुनै पनि टिमले नेपाली खेलाडीमा रुची देखाएनन् ।

टिप्पणीहरू