सगरमाथामा राति जुवाको खाल, नौ जनाको बेहाल

सगरमाथामा राति जुवाको खाल, नौ जनाको बेहाल

प्रहरीले सुनसरीमा नौ जना जुवाडेलाई जुवाको खालबाट पक्राउ गरेको छ । धरान उपमहानगरपालिका–११, सगरमाथा टोलमा ५५ वर्षीय टीका साम्पाङको घरमा जुवा खेलिरहेको अवस्थामा स्थानीय ४५ वर्षीय शिवराज राईसहित नौ जना समातिएका हुन् । 

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले ५५ हजार दुई सय ५ रुपैयाँ नगद र पाँच बुक तास बरामद गरेको छ । 

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू