भोटिङ कार्ड लिएर दिल्लीको जहाज चढ्न लागेका यात्रुको झोलामा पैसाको बिटो
अवैध विदेशी मुद्रासहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । आज मध्यान्ह हवाई मार्ग हुँदै नयाँ दिल्ली जान लागेका हरभिन्दर सिंह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएका हुन् ।
इन्डिगो एयरको उडान नम्बर ११५२ मार्फत् दिल्ली प्रस्थान गर्न लागेका सिंह विमानस्थलको डिपार्चरतर्फको अन्तिम सुरक्षा चेकजाँचमा पुगेपछि लुकाएर लैजान लागेको अवैध रकमसहित प्रहरीको नियन्त्रणमा परेका हुन् । उनको साथबाट ठूलो मात्रमा भारतीय रुपैयाँ, यूएई दिराम र यूरो फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भोटर आइडी एसईटी १९१२००५ रहेका ५८ वर्षीय सिंहसँग रहेको ५० दरको १०० थान युरो, ५०० दरको २० थान भारतीय रुपैयाँ, ५०० दरको २८ तथा २००, १०० र ५० दरका एक–एक यूएई दिराम बरामद भएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू