बागलुङ पुगेपछि राष्ट्रपतिले टोपी फुकाल्नुभयो

बागलुङ पुगेपछि राष्ट्रपतिले टोपी फुकाल्नुभयो

राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ बजार नजिकै रहेको कालिका भगवती मन्दिरमा पूजा गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्दिरमा विशेष पूजा गर्नुभएको बताइएको छ ।

उहाँ राष्ट्रपति भएपछि पहिलोपटक कालिका मन्दिर पुग्नुभएको हो । विशेष पूजा गर्ने क्रममा राष्ट्रपतिले शीरको टोपी फुकाल्नुभएको थियो । मन्दिरमा पूजापछि स्थानीय कुडुलेमा रहेको रंगबैंकेटेश्वर मन्दिर र शालिग्राम संग्रहालयको अवलोकन गर्नुभएको हो ।

उहाँ सातौँ बागलुङ महोत्सवको उद्घाटन गर्न आज बिहान सेनाको हेलिकोप्टरमा काठमाडौंबाट त्यसतर्फ जानुभएको हो । राष्ट्रपति आजै अपरान्ह राजधानी फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू