अढाइ सय प्रहरीको तलबभत्ता हिनामिना गरेका पूर्वडीआईजी भ्रष्टाचारी ठहर

अढाइ सय प्रहरीको तलबभत्ता हिनामिना गरेका पूर्वडीआईजी भ्रष्टाचारी ठहर

नेपाल प्रहरीका पूर्वडीआईजी तथा मदन पुरस्कार विजेता महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । शाहसहित अन्य तीन जनालाई पनि विशेष अदालतले दोषी ठहर गरेको छ । 

प्रहरी सेवाबाट अवकाश पाएलगत्तै शाहविरुद्ध प्रहरी जवानहरुको तलब हिनामिना आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ फागुन २० गते मुद्दा दायर गरेको थियो । चार वर्षपछि अदालतले चार जनालाई दोषी ठहर गरेको हो ।

अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु रितेन्द्र थापा र तेजनारायण सिंह राईको संयुक्त इजलासले शाहसहित लेखापाल दिपेन्द्र सिंह पनेरु, लेखा सहायक केशवसिंह ऐरी र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सञ्जीव विशंखेलाई दोषी ठहर गरेको हो । 

उनीहरुले १०३ जना प्रहरी जवानको दुई महिनाको तलब भत्ता वापत ३१ लाख ८८ हजार रुपैयाँ र १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरुको नयाँ नियुक्तिको दुई दिनको एक लाख ४९ हजार ६३३ रुपैयाँ रकम हिनामिना गरेको प्रमाणित भएको छ ।

टिप्पणीहरू