श्रीमती मारेर तोरी बारीमा फाल्ने श्रीमान् समातिए

श्रीमती मारेर तोरी बारीमा फाल्ने श्रीमान् समातिए

श्रीमतीको हत्याको अभियोगमा एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–२९ नौबिसे बस्ने २८ वर्षीया रेखा घर्तीको हत्या गरेको आरोपमा उनका श्रीमान ३६ वर्षीय रत्नबहादुर घर्ती समातिएका हुन् । 

उनीमाथि नौबिसे चोकस्थित तोरी बारीमा रेखाको हत्या गरेको आरोप छ । ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो उनलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका घर्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू