नावालिकामाथि करणी गरेको ठहर्याउँदै सन्दिप लामिछानेलाई जेल पठाउने आदेश

नावालिकामाथि करणी गरेको ठहर्याउँदै सन्दिप लामिछानेलाई जेल पठाउने आदेश
सुन्नुहोस्

उमेर नपुगेकी किशोरी बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । यस्तै सजाय निर्धारणका लागि पुस २५ गते पेसी तोकिएको छ । 

मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार अब न्यायाधीश ढकालकै इजलासले कैद या जरिवानाको सजाय निर्धारण गर्नेछ ।

उमेर नपुगेकी किशोरी बलात्कारको कसुरमा सन्दीपविरुद्ध २०७९ कात्तिक १४ गते अदालतमा मुद्दा परेको थियो । कात्तिक १८ मा जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

 

तर, २०७९ पुस २८ गते उच्च अदालत पाटनले जिल्लाको आदेश उल्टाएपछि उनी रिहा भएका थिए । शर्तसहित २० लाख धरौटीमा छाड्ने उच्चको उक्त आदेशविरुद्ध सरकारी पक्ष सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले उच्चको आदेश सदर गर्दै फास्ट ट्रयाकबाट मुद्दा किनारा लगाउन फागुन १५ गते अर्को आदेश दिएको थियो । 

सर्वोच्चको आदेशपछि पनि किशोरीको उमेर विवादका कारण जिल्ला अदालतले मुद्दा किनारा लगाउन सकेको थिएन ।

 

टिप्पणीहरू