दोलखामा टाउको काटिएको र हातका औंला गिँडिएको शव भेटियो

दोलखामा टाउको काटिएको र हातका औंला गिँडिएको शव भेटियो

दोलखामा विभत्स अवस्थाको एउटा शव फेला परेको छ । शैलुङ गाउँपालिका ५, काटाकुटीमा एक युवकको क्षत विक्षत अवस्थामा फेला परेको हो । उक्त शव शैलुङ गाउँपालिका ४, मागापौवाका १८ वर्षीय भीष्म भण्डारीको भएको बताइएको छ ।

प्रहरीका अनुसार टाउको छिनालिएको र हातका औंला काटिएको अवस्थामा शव फेला परेको हो । तर हत्याराबारे हालसम्म कुनै संकेत फेला नपरेको जनाइएको छ।

भण्डारी एक सातादेखि बेपत्ता थिए ।

टिप्पणीहरू