आफू सहभागी कार्यक्रममा बिदा नदिन र बालबालिका प्रयोग नगर्न प्रधानमन्त्रीको निर्देशन

आफू सहभागी कार्यक्रममा बिदा नदिन र बालबालिका प्रयोग नगर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सहभागी हुने कुनैपनि सार्वजनिक कार्यक्रममा बिदा नदिन तथा बालबालिकालाई सहभागी नगराउन सरकारी निकायहरुलाई निर्देशन दिनुभएको छ ।

रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक बिदा दिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले त्यस्तो निर्देशन दिएको हो । प्रधानमन्त्रीको निर्देशनबमोजिम पालिकलाई त्यसबारे जानकारी गराएको उहाँको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्रीको सन्देशपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा रद्ध गरेको छ ।

टिप्पणीहरू