नेपाली हतियार इण्डोनेसिया लैजान अनुमति

नेपाली हतियार इण्डोनेसिया लैजान अनुमति

गृह मन्त्रालयले दुई थान बन्दुक इण्डोनेसिया लैजान अनुमति दिएको छ । भोलिदेखि जाकार्तामा हुन लागेको एसियन राइफल पेस्तोल च्याम्पियनसिपमा भाग लिन जाने नेपाली सुटिङ खेलाडीको साथमा ती हतियार लैजान अनुमति दिइएको मन्त्रालयको पत्रमा उल्लेख छ । 

खेलाडीद्वय सुष्मिता नेपाल र बिपेश खड्काको साथमा क्रमशः डिइ २०२० केबीबी ५७२७ र पी ८ एक्स १०१५६०६१ मोडलको एअर गन लैजान अनुमति  दिइएको हो ।

पत्रमा भनिएको छ, ‘उल्लेखित खेलाडीले प्रयोग गर्ने एअर गनको सम्पूर्ण जिम्मेवारी नेपाल सुटिङ संघको हुने गरी खेल समाप्तिपछि नेपाल फिर्ता ल्याउने शर्तमा इण्डोनेशिया लैजान दिन सम्बन्धित विदेशी सरकार वा राजदूतावासबाट हातहतियार खरखजाना विदेश यात्रा इजाजतपत्र उपलब्ध गराउने व्यवस्थाका लागि मिति २०८० पुस १२ गतेको सचिवस्तरीय निर्णयानुसार अनुरोध छ ।’

टिप्पणीहरू