भारतले सोझै २० करोड लगानी गर्न पाउने सम्झौताप्रति युवासंघको विरोध

भारतले सोझै २० करोड लगानी गर्न पाउने सम्झौताप्रति युवासंघको विरोध

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय ‘उच्च प्रभावयुक्त सामुदायिक विकास योजना’ कार्यक्रमअन्तर्गत भारतले नेपालमा सोझै २० करोड लगानी गर्न पाउने सम्झौताप्रति नेकपा एकीकृत समाजवादीको भातृ संगठन युवासंघले विरोध जनाएको छ । 

संघका संयोजक कृष्णकुमार विश्वकर्माले आज विज्ञप्ति जारी गर्दै उक्त सम्झौताले स्वाभिमानी, देशभक्त र स्वाधिन युवा एंव समस्त नागरिकको ध्यानाकर्षण भएको बताएका छन् । भूगोल, जनसंख्या र सामर्थ्यमा सानो भएपनि स्वाधिनताको सवालमा नेपाल सधैं स्वतन्त्र रहेको उल्लेख गर्दै विज्ञप्तिमा सहयोगको नाममा आन्तरिक मामिलामाथिको यो हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिइएको छ । 

युवासंघले के कारणले सरकार यस्तो सम्झौता गर्न बाध्य भएको भन्दै जनतासामु छर्लङ्ग पार्न आग्रहसमेत गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘एक वर्षको समीक्षामा प्रधानमन्त्रीले अब जनता र देशले सरकारको कामको गति देख्ने छन् भनेको हप्ता दिन नबित्दै भएको यो किसिमको राष्ट्रघाती सम्झौताले जनतामा यो सरकारको नियतमाथि गम्भिर आशंका जन्माएको छ ।’

युवासंघले अविलम्ब यो सम्झौता रद्द गरी जनतासामु आत्मआलोचित बन्न सरकारलाई सुझाव दिदैं अन्यथा स्वाभिमान र स्वाधिताको पक्षमा उठ्ने राष्ट्रभक्ती आन्दोलनको अगुवाई गरी सडकबाटै सम्झौता बर्खास्त गराउने चेतावनी दिएको छ ।

टिप्पणीहरू