भन्सारको दैलोमा पलेंटी कसेका प्रभुका कार्यकर्ताको चर्को नारावाजी

भन्सारको दैलोमा पलेंटी कसेका प्रभुका कार्यकर्ताको चर्को नारावाजी

भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधान हटाउन माग गर्दै एक महिनादेखि काठमाडौँ केन्द्रित आन्दोलनमा रहेको प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज पनि भन्सार कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ । 

सो पार्टीका उपाध्यक्ष तिलक थापाको नेतृत्वमा एक दर्जनको संख्यामा उपस्थित प्रदर्शनकारीहरुले त्रिपुरेश्वरस्थित केन्द्रीय भन्सार कार्यालयको गेटमा अहिले धर्ना दिइरहेका छन् । त्यसक्रममा प्रभुका कार्यकर्ताहरुले 'हरेक नाकाहरुमा भन्सार विभागको व्यवस्था गर', 'राजस्व लुटन पाइनदै', '४५ प्रतिशत पुरस्कार चाहिंदैन' जस्ता नारा लगाइरहेका छन् ।

झण्डै चार महिना अघिबाट शुरु भएको पहिलो चरणको आन्दोलनबाट माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलन थालेको सो पार्टीले पाँच दिनदेखि त्यहाँ धर्ना दिइरहेको छ ।
 

टिप्पणीहरू