मध्यराति ड्यूटीमा खटिएको प्रहरीमाथि हातपात

मध्यराति ड्यूटीमा खटिएको प्रहरीमाथि हातपात
सुन्नुहोस्

ड्यूटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक युवक समातिएका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३, खरिबोट बस्ने सर्लाहीका २६ वर्षीय अनमोल रामलाई प्रहरी कुटेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

उनले चन्द्रागिरी–३, थानकोट बसपार्कस्थित सवारी चेकजाँचमा खटिएका प्रहरीलाई कुटपिट गरेको बताइएको छ । हिजो राति प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरी टोलीले त्यहाँ चेकजाँच गरिरहेको थियो । सो क्रममा नागढुंगाबाट आउँदै गरेको बा.५७ प ५९४६ नम्बरको स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

दुई पक्षबीच हात हालाहालको अवस्था हुँदा प्रहरीको एक थान हेण्ड सेट फुटेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू