प्रदेश खारेजीको माग गर्ने राप्रपाका उम्मेदवार कोशीको सभामुखमा निर्विरोध

प्रदेश खारेजीको माग गर्ने राप्रपाका उम्मेदवार कोशीको सभामुखमा निर्विरोध
सुन्नुहोस्

संघीयता खारेजीको माग गर्दै आएको राप्रपाका उम्मेदवार कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । 

सत्ता गठबन्धन र प्रतिपक्ष एमालेले उम्मेदवारी नदिएपछि राप्रपाका अमरबहादुर विष्ट निर्विरोध भएका हुन् । आज  बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिन् । 

झापा, दमकका विष्ट राप्रपाको समानुपातिकतर्फका सांसद हुन् । 

प्रदेश खारेजीलाई मुख्य राजनीतिक एजेण्डा बनाएको राप्रपाबाटै बाग्मती प्रदेशमा पनि सभामुख छन् ।
 

टिप्पणीहरू