बलात्कार आरोपी कतारबाट पक्राउ, रातभर डिटेन्सन कक्षमा राखेर बिहानै इन्टरपोललाई जिम्मा
आफूविरुद्ध बलात्कार मुद्दा चलिरहेका बेला भागेर विदेश पुगेका एक युवकलाई इन्टरपोलको सहयोगमा नेपाल ल्याइएको छ । जवर्जस्ती करणी मुद्दाका प्रतिवादी खोटाङका किरण राईलाई कतारबाट समातेर हिजो नेपाल ल्याइएको हो ।
असार ३ गते भागेर कतार पुगेका उनलाई कतार एयरवेजको क्यूआर-६४४ नम्बरको उडानमा हिजो मध्यराति नेपाल ल्याइएको बताइएको छ । रातभर त्रिभुवन विमानस्थलको डिटेन्सन कक्षमा राखिएका राईलाई बिहानै प्रहरीको इन्टरपोल शाखाले आवश्यक अनुसन्धान तथा कारवाहीका लागि समातेर लगेको छ ।
यसअघि राईविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो ।
टिप्पणीहरू