भिमादमा जिप दुर्घटना : दुईको मृत्यु, ९ जना सिकिस्त

भिमादमा जिप दुर्घटना : दुईको मृत्यु, ९ जना सिकिस्त

तनहुँमा आज बिहान भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ । 

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटमा दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका हुन् । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न भने बाँकी छ ।

दुर्घटनामा चालकसहित १० जना यात्रु घाइते छन् । घाइतेमध्ये ९ जना सिकिस्त रहेको र उनीहरुलाई उपचारका निम्ति जिपि कोइराला स्वासप्रश्वास उपचार केन्द्र, पोखरा लगिएको छ । 

जिप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।
 

टिप्पणीहरू